६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२१ वर्षीय युवाले गरे मेयरमा उम्मेदवारी घोषणा




६ फागुन ०७८, कैलाली । आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितिष्णा बदल्नको लागि स्वतन्त्र रुपमा राजनितिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरुमाझ लोकप्रिय छन् ।
असहाय बालबालिकाहरुको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागी सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छ्न ।
“यो समय समाजमा फरक सोच राख्ने ब्यक्तिहरुको लागि पनि सर्बेक्षणको समय हो । यो समय मत मात्रै होइन मनको सर्बेक्षण गर्ने पनि समय हो ।“ भाटले न्युज कारखानासित भने “नतिजाले प्रभाव पक्कै पार्ने छैन, तर फरक चाहनेहरुको लागि एउटा समय हो त्यसैले पनि मैले उम्मेदवारीको घोषणा गरेको छु ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।