१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विवाहमा कुटपिट हुँदा एक जनाको मृत्यु




९ फागुन ०७८, कैलाली । कैलालीको भजनी नगरपालिका ९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् । आतइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो ।
विवाद चर्कदै गएपछि कुटपिटहुँदा बसन्तका गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।