५ माघ २०८२, आइतबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तीन किलो चाँदीको गहनासहित दुई भारतीय नागरिक पक्राउ




१० फागुन ०७८, सिरहा । सशस्त्र प्रहरीको विशेष टोलीले सिरहाको लहानबाट नगद र तीन किलोग्राम चाँदीको गहनासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिवास र नम्बर ७ गण हेड क्वाटर सिरहाबाट खटिएको विशेष टोलीले लहान नगरपालिका ७ दुर्गामन्दिरबाट भारतको विहार मधवनी थाना राजनगर १२ का ३८ वर्षीय रञ्जित राय र उनको काका ६१ वर्षीय लखन रायको साथबाट ३ किलोग्राम ५२ ग्राम चाँदीको तयारी गहना र नगद २० हजार भारतीय रुपैयाँ, ५ सय १० नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।
बरामद गहनासहित दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको नम्बर ७ गण हेड क्वाटर सिराहाका सूचना अधिकारी डिएसपी विनोद थापाले जानकारी दिए ।
उनीहरू सप्तरीको नाका हुँदै दहान बजारमा गहना लिएर आइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।