५ माघ २०८२, आइतबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमाले नेता वादलले भने,‘१४ सांसदलाई निष्कासन नगरेसम्म संसद चल्दैन’



फाइल फोटो

१४ फागुन ०७८, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् ।
आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरणलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् ।
देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ र अरु सबै दल अर्काेतर्फ ध्रुवीकृत भएको कार्यक्रममा उपाध्यक्ष थापाले दावी गरे । ‘एमालेले हटाएका १४ सांसदको सुचना टाँस गरिए मात्र एमसीसीलगायतका विषयमा संसदीय प्रक्रियामा भाग लिन्छ ।’ उनले भने, ‘जनादेशको सरकारलाई हटाएर परमादेशबाट बनेको सरकारले देशलाई आर्थिक रुपमा संकटतर्फ धकेलेको र न्यायापालिका, कार्यपालिका तथा व्यवस्थापिकामा अराजकता फैलाएको छ ।’
एमाले विगतको एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै निरन्तरताको पार्टीका बुझ्नु पर्ने उनको भनाइ छ । ‘जनताको अपार मायाको कारण एमाले मुलुकमा सबैभन्दा शक्तिशाली पार्टी बनेको हो,’ उनले भने, ‘एमालेले अघि सारेको विकास र समृद्धिको महान यात्रालाई कुनै पनि शक्तिले रोक्न सक्दैन ।’

केन्द्रीय स्कुल विभाग, निर्वाचन विभाग र स्थानीय तह विभागको आयोजना तथा कर्णाली प्रदेश कमिटीको व्यवस्थापनमा आउँदो निर्वाचनलाई लक्षित गरि आयोजित प्रशिक्षणमा दुई सय १५ जनाभन्दा बढीको सहभागिता छ ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ४ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।