११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विदेश जानेले कोरोना परिक्षण सित्तैैमा गर्न पाउने




१५ फागुन ०७८, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो ।
सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसीआर परीक्षण निःशुल्क हुनेछ ।
यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पिसीआर परीक्षण गर्दा रु ८०० शुल्क तिर्नुपर्ने हुन्थ्यो । पिसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।