११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एक जना घाइते



© ????? ????????????? ???

एसवी थापा
१५ सर्लाही ०७८, सर्लाही । सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ । अर्का एक घाइते भएका छन् ।
शनिबार राति मधुवनी–नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका–२, स्थित लंगडा पुलमा प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल दुर्घटना भएर पुलमुनी खस्दा चालक कौडेना गाउँपालिका–३, का मनोज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परेर चौधरीको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बरहथवा स्थितभेनस अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा कौडेना गाउँपालिका–५, का दिपेश मुखिया घाइते भएका छन् । उनको भेनेस अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादले जानकारी दिए । न्युज कारखाना

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  १० : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।