५ माघ २०८२, आइतबार | Mon Jan 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बानेश्वरस्थित संसद् भवन अगाडि शंकास्पद वस्तु फेला



१५ फागुन ०७८, काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीकाअनुसार केहीबेर अघि मात्रै शंकास्पद वस्तु भेटिएको हो।

संसद् भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको उनले बताए। अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ,’ नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ।

एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आज बन्द घोषणा गरिएको छ। एमसीसी संसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका थिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।