१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विजुक्छे भन्छन्, ‘अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए’




१८ फागुन ०७८, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् ।
एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो । विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् ।
‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेले जिकिर गरे ।
भक्तपुरको न्हुः पुखु (रानीपोखरी) को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताए ।
जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उनको भनाइ छ । न्युज कारखाना

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।