११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महोत्तरीमा टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



२४ फागुन ०७८, काठमाडौं । महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा सोमबार बेलुकी टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन् । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बेलुकी साढे ७ बजे प्रदेश २–०२–००१ च ०८४१ नम्बरको टाटा सुमोले अनटेष्ट लेखिएको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय गाौशालाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।