११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जङ्गलमा आगो निभाउँदा एकको मृत्यु, एक गम्भीर घाइते




२५ फागुन ०७८, बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका ५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।
आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए ।
उनका अनुसार मृतक मनबहादुरका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी घाइते बोहोरालाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घाइतेलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिए । दरबाङ बजारवासी, लायन्स क्लब, दरबाङ विपद् व्यवस्थापन समिति, जनप्रतिनिधिपद्, सङ्घ संस्था र स्थानीयवासीको सहयोगमा प्रभु हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।