११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


साइबर अपराधको अभियोगमा युट्युवर पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२३ फागुन ०७८, काठमाडौं । साइवर अपराधमा संलग्न भएका आरोप लगाउदै प्रहरीले २ जनालाई पक्राउ गरेको छ । ती मध्ये एकजना युट्युवर समेत छन् ।
प्रहरीका अनुसार नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस सामाजिक सञ्चालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा ललितपुरको ललितपुर उपमहानगरपालिका २१ बस्ने २९ वर्षीय दिपु भन्ने बिकास महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सेलेव नेपाल नामक यूट्यूब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत् पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा गुल्मी भनभने नगरपालिका ९ स्थायी वतन भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका १३ बस्ने २१ वर्षीय राहुल थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट दुबैजनालाई ५ दिन म्याद थप अनुमति लिई उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।