११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १५ पुग्यो(अपडेट)



२६ फागुन ०७८, काठमाडौं । संखुवासभाको मादीमा भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ।

मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ।
यसअघि घटनास्थलमै १४ जनाको ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।

मृतकहरू

  • ३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम
  • ३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा
  • ४५ वर्षिय दीपक दाहाल- मादी ५, संखुवासभा
  • ५२ वर्षिय श्याम शेर्पा- मादी ५, संखुवासभा
  • ५५ वर्षिय भवानी दाहाल- मादी ५, संखुवासभा
  • ३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा
  • ५ वर्षिया दिक्षा कटवाल- मादी ६, संखुवासभा
  • ३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा
  • ३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा
  • ३५ वर्षिया सबिता राउत कार्की- मादी ४, संखुवासभा
  • ३० वर्षिया सीता विक- मादी ६, संखुवासभा
  • ६० वर्षिय बलबहादुर कार्की-मादी ४, संखुवासभा
  • ३१ वर्षीया समिक्षा योन्जन- ताप्लेजुङ
  • ८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ
  • ३० वर्षिया युका पोखरेल- मादी ५, संखुवासभा

घाइतेहरू

  • ३० वर्षिय सुबास गोले – मादी ५ , संखुवासभा
  • २२ वर्षिय तुलसा कट्वाल- मादी ६, संखुवासभा
  • अम्बिका बिक-मादी ६, संखुवासभा, संखुवासभा
  • ५० वर्षिय डम्बरबहादुर कार्की- मादी ६, संखुवासभा

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।