१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


२०७९ सालमा ४३ दिन सार्वजनिक बिदा(सूचीसहित)



२७ फागुन ०७८, काठमाडौं । सरकारले २०७९ सालमा शनिबारबाहेक विभिन्न पर्व दिवस भन्दै ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो। २०७९ सालमा शनिबार मात्रै ५२ दिन रहेको छ।

सरकारले वैशाख १ गते नयाँ वर्षको बिदा तोकेको छ। त्यस्तै बैशाख पूर्णिमा अर्थात बुद्ध जयन्ती, रक्षा बन्धन, कृष्ण जन्माष्टमी, घटस्थापना, छठ पर्व, धान्य पूर्णिमा, क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, बकर इद र इद तथा होलीमा पहाड र तराई गरी १६ दिन मुलुकभर पर्व बिदा दिने निर्णय गरेको छ।

यसैगरी ५ वटा दिवसमा देशभर सार्वजनिक बिदा तोकिएको छ। जसअनुसार मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, प्रजातन्त्र दिवस र महिला दिवसको दिन देशभर बिदा हुनेछ।

सरकारले दसैँमा फूलपातीदेखि द्वादशीसम्म ६ दिन र तिहारमा लक्ष्मीपूजादेखि भाइटीकाको भोलिपल्टसम्म ५ दिन बिदा घोषणा गरेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।