
२९ फागुन ०७८, नुवाकोट । आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका(१ नयाँबस्ती बस्ने ३३ वर्षीय भिम बहादुर बलामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२९ फाल्गुन २०७८, आइतबार
0
Shares







प्रतिक्रिया