११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण




४ चैत ०७८, रसुवा । रसुवाको सदरमुकाम धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।
उक्त मूर्तिको बिहीबार उद्घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो । उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो । लेन्स : न्युज कारखाना

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।