११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई दुर्घटना, दुवै जनाको मृत्यु




५ चैत ०७८, जनकपुरधाम । धनुषामा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो जनकपुरधामस्थित अरगजा पोखरीमा स्थानीय १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको छ भने शनिबार नै मुखियापटी मुसहरनिया गाउँपालिका–६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।
कर्ण पोखरीमा डुबेको देखेपछि स्थानीयले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा बाटोमा मृत्यु भएको थियो ।
यादवको भैसिलाई नुहाउने क्रममा चापा कलमा लागेको विद्युतीय मोटरबाट विद्युत प्रवाह भई करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।