काठमाडौं । चैत ६ गते
शनिबार एक कार्यक्रमका बीच शिशिर घिमिरे स्मृति प्रतिष्ठानले क्यान्सर रोगसँग लडिरहेका तोया घिमिरेलाई सम्मान स्वरुप उपचारका लागि आर्थिक सहयोग गरेको छ । घिमिरे मधेस प्रदेशमा छन्द कवि तथा उपन्यासकारको रुपमा परिचित छन । उनलाई ११ हजार एक सय ११ रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यसैगरी मधेस प्रदेशका साहित्यकारहरूले उपचार खर्चबापत चन्दा उठाएर घिमिरेलाई ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।क्यान्सरको कारण थलिएका घिमिरेको क्याम्पसका डोवहरु, फुटकर कविताहरू प्रकाशन भएका छन भने खरानी खण्डकाव्य प्रकाशोन्मुख छ ।







प्रतिक्रिया