काठमाडौं । चैत ७ गते
झडपमा प्रहरीको मृत्यु भएपछि लेटाङमा बिहानैदेखि कर्फ्यू
मोरङको लेटाङमा यौन दुर्व्यवहारको घटनालाई लिएर भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका–५ खेरूवा क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गर्नु भएको छ ।

कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएको भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलागेका थिए । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए । उनलाई कोसी प्रादेशिक अस्पताल लगिएको थियो भने चिकित्सकले मृत घोषणा गरेका थिए ।







प्रतिक्रिया