काठमाडौं । चैत ७ गते
लमजुङको मर्स्याङदी गाउँपालिका–५ सञ्जापुमा सडक सञ्जालले छोएएको थिएन । अहिले मोटरबाटोको सुविधा पुगेको छ । संसद विकास कोष अन्तर्गतको बजेट र मर्स्याङदी गाउँपालिकाको सहयोगमा सञ्जापुमा मोटरबाटोको सुविधा पुगेको हो । मोटरबाटो नभएकै कारण स्थानीयलाई भएको समस्यालाई मध्येनजर गर्दै गाउँमा मोटरबाटो पुर्याइएको हो । सञ्जापु मोटरबाटो निर्माण समितिका अध्यक्ष डिलबहादुर गुरुङका अनुसार गत वर्षबाट मोटरबाटोको काम थालिएकोमा यस वर्ष सकिएको हो ।

गत वर्ष ०७७–०७८ मा गण्डकी प्रदेश सभा ुकु का सांसद धनञ्जय दवाडीको पहलमा संसद विकास कोष कार्यक्रम अन्तर्गत विनियोजन भएको ३५ लाख, मर्स्याङदी गाउँपालिकाको २० लाख र वडा कार्यालयको ४ लाख बजेटमा काम भएको थियो ।यस वर्ष मर्स्याङदी गाउँपालिकाले ७ लाख रुपैयाँ थपेर सडकको काम सम्पन्न गराएको हो । सञ्जापुमा मर्स्याङदी गाउँपालिका ६ बाहुनडाँडाको बाटो हुँदै सडक पुर्याइएको छ ।







प्रतिक्रिया