११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रक दुर्घटनामा एकको मृत्यु, पाँच घाइते



फाइल तस्बिर

७ चैत्र ०७८, बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।
मृत्यु हुनेमा सुर्नया गाउँपालिका ३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् । गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा सुर्नया गाउँपालिका ३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन् । माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टिएको हो । चालक पाटन नगरपालिका–४ का वीरेन्द्र खत्री फरार छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।