११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लेटाङ घटनाः कर्फ्यु हटाउन प्रशासनलाई सर्वदलीय बैठकको आग्रह




८ चैत्र ०७८, काठमाडौं । सर्वदलीय बैठकले तीन दिनदेखि जारी कर्फ्यु हटाउन प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ। स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलद्वारा विद्यार्थीमाथि भएको यौन दुर्व्यवहारको घटनालाई लिएर भएको उग्र प्रदर्शनका क्रममा एकजना महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएपछि लेटाङमा कर्फ्यु जारी छ।

मोरङ लेटाङमा मंगलबार बसेको बैंठकले कर्फ्यु हटाउन प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको हो । हिंसात्मक घटनापछि जारी तनावपूर्ण अवस्थालाई सामान्य बनाउन लेटाङ नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा बसेको बैठकले ४ बुँदे निर्णय गरेको छ।

बैठकले फागु पूर्णिमाका दिन एक छात्राको घरमै यौन दुर्व्यवहार गरेको आरोपमा भएको घटनाविरुद्धको प्रदर्शनका क्रममा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठलाई श्रद्धाञ्जली व्यक्त गरेको छ।

उक्त घटनामा घाइतेको उपचार, भौतिक संरचना पुनर्निर्माणका लागि प्रदेश र संघीय सरकारसमक्ष अनुरोध गर्ने, पीडित पक्षलाई न्यायका लागि सहयोग गर्ने र घटनामा दोषी तथा अपराधमा संलग्नलाई कारबाहीका लागि प्रशासनलाई सहयोग गर्ने बैठकले निर्णय लिएको छ।

आइतवारदेखि जारी कर्फ्यू आदेशलाई थप निरन्तरता दिँदा जनजीवनमा असर पर्ने जनाउँदै बैठकले सहजताका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ।

विद्यालयको पठनपाठन पूर्ववत् रुपमा सञ्चालन गर्न सबैले आवश्यक समन्वय र सहयोग गर्ने निर्णय लिएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।