११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज पहाडी क्षेत्रमा मेघगर्जन ,चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । चैत ९ गते
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाउको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने न महाशाखाले अनुमान गरेको छ ।
पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।बिहीबार देशका पहाडी र हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।