११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु



८ चैत्र ०७८, काठमाडौं ।
आज बिहान पोखरामा स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका– १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका जिल्ला प्रहरी कास्कीले जनाएको छ । बिहान करिब ६ बजेतिर भएको थियो । किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो ।

विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो । स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।