११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


‘सभापतिले चाहँदैमा चुनावमा गठबन्धन हुँदैन’




१० फागुन ०७८, काठमाडौं । कोइराला समूहले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन पक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ ।
बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ ।
पार्टीको विधान अनुसार चार तहको समिति रहकेो भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिनइनु पर्ने निष्कर्ष निकालेको हो ।
सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए ।
पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ ।
स्थानीय तहमा केन्द्रबाट गठबन्धन गरेर जान सकिने सम्भावना नै नरहेको उक्त समूहको ठहर छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।