११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप १८ जनामा कोरोना संक्रमण



११ चैत ०७८, काठमाडौं ।  नेपालमा गत २४ घण्टामा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर कूल ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा सबैभन्दा बढी कैलालीमा ६ जना संक्रमित भएका छन् । मधेस प्रदेशको धनुषामा एक, काठमाडौंमा ४ र दाङमा एक जना संक्रमित भएका छन् ।

२४ घण्टामा २७१ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि कोरोनाबाट निधन भएन । नेपालमा सक्रिय संक्रमितको संख्या १९६० रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।