११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सञ्चारिका समूहमा तुम्खेवा विजयी



१२ चैत ०७८,काठमाडौं । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन । शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी विजयी भएकी हुन ।
उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हो । त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन ।
उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन । त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गरिन । त्यस्तै, सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन ।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन । न्युज कारखाना

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।