११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाईते



१२ चैत्र ०७८, काठमाडौं । शुक्रबार राति कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका– १० पहलवानपुरस्थित पूर्व पश्चिम राजमार्गमा से६प ८५०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक घोडाघोडी– ९ का २० वर्षीय तपेन्द्र बुढाको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।त्यस्तै मोटरसाइकल पछाडि सवार घोडाघोडी– ९ कै १५ वर्षीय अभिषेक खड्का र २१ वर्षीय किरण बुढा सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

 

 

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।