१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेरि भेटियो मृत अवस्थामा गैंडा



मृत अवस्थामा फेला परेको गैडा । फाइल तस्थिर

१३ चैत्र ०७८, चितवन । दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो । गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैंडा मरेका छन् । तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।