११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


तटबन्धन निर्माणका लागि आर्थिक सहयोग



१३ चैत्र ०७८, काठमाडौं ।लमजुङको दोर्दी गाँउपालिका ८ हिलेबजारमा तटबन्धनका लागि लमजुङ समाज युकेले सहयोग गरेको छ । गत असारमा गएको बाढीले क्षति पुर्‍याएको स्थानमा तटबन्दन निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो ।लमजुङ समाज युकेका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्दन निमार्णका ५ लाख १५ हजार रुपैयाँ दोर्दी गाउँपालिका ८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

समाजले केही महिनाअघि पनि तटबन्दन निर्माणको लागि ९ लाख १ हजार ४२ रुपैयाँ सहयोग गरेको थियो । स्थानीय वडा अध्यक्ष गुरुङका अनुसार लमजुङ समाज युकेले हाल सम्म १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।जोखिममा रहेको हिलेबजारका स्थानीयलाई आगामी दिनमा बाढीबाट सुरक्षित हुनका लागि सहयोग होस भनि तटबन्दन निर्माणका लागि सहयोग गरिएको समाजले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।