१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


डायलाइसिसका विरामीको चाप उच्च, सेवा सुस्त




१३ चैत्र ०७८, काठमाडौं । जनकपुरका अस्पतालमा डायलाइसिसका विरामीको चाप उच्च छ भने सेवा सुस्त छ । सरकारले पित्तथैलीमा समस्या भएका विरामीलाई निः शुल्क रूपमा डायलाइसिस गर्ने सेवा प्रभावकारी हुन सकेको छैन । डायलाइसिस गराउने विरामीको संख्या उच्च रहेकाले सोअनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा उक्त सेवा अझै प्रभावकारी हुन सकिरहेको छैन ।दुवै किड्नी खराब भएका महोत्तरीका बसिर कवाडीले डायलाइसिसका लागि महिनौ कुरेपछि मात्रै जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा डायलाइसिसका लागि पालो पाएको बताए । निःशुल्क रूपमा डायलाइसिस गराउन पालो कुर्दाकुर्दा लाखौ रुपैयाँ खर्च भएको बताउँदै उनले भने, ‘सुरुमा अस्पतालले बेड नै खाली नरहेको भन्दै भर्ना गर्न इन्कार गरे ।

त्यसपछि इमरजेन्सीमा चार हजार रुपैयाँ तिरे कति महिनासम्म डायलाइसिस गराउनुपर्‍यो । अहिले सप्ताहमा दुई दिन डायलाइसिस गराउदाँ आउदाँ यातायातमै हजारौ रुपैयाँ खर्च हुन्छ ।’प्रदेशिक अस्पताल जनकपुर र जानकी हेल्थ केयर एन्ड शिक्षण अस्पतालले उक्त सेवा दिँदै आएको छ । जनकपुरधामा धनुषा, महोत्तरी, सर्लाही,सिरहा, सप्तरी, सिन्धुली, रौतहटसम्मको विरामी डायलाइसिसका लागि आउने गरेको कर्मचारीहरू बताउँछन् । प्रादेशिक अस्पतालमा २०६१ सालदेखि डायलाइसिस सेवा सुरु भएको हो भने जानकी हेल्थ केयरमा २०७४ सालदेखि । अहिलेसम्म प्रादेश अस्पतालमा ५१४ जना विरामी दर्ता भएका छन् । जसमध्ये ४५ जनाले नियमित सेवा लिँदै आएका छन् ।

दैनिक १५ जनाको डायलाइसिस गर्दै आएको प्रादेशिक अस्पतालमा अहिले पनि एक सय विरामी उपचारका लागि प्रतीक्षामा छन् ।जानकी हेल्थ केयरमा पनि नियमित ४५ जना विरामीले डायलाइसिसका सेवा लिने गरेका छन् भने करिब २० जना उपचारका लागि पालो कुरेर बसेका छन् । केयरले दैनिक १५ जना विरामीलाई बिहान ७ देखि राति ९ बजेसम्म सेवा दिँदै आएको छ । प्रादेशिक अस्पतालमा एक वर्षअघि १० वटा मेसिन थियो, अहिले पाँचवटा मेसिन मात्रै छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।