२८ कार्तिक २०८१, बुधबार | Wed Nov 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पाँच पटक पेट्रोल र डिजेलको मूल्य बृद्धि




१३ चैत्र ०७८, काठमाडौं । भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो । मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : ४२ बजे