१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एम्बुलेन्सले रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्यु,पाँच जना घाइते



 

१३ चैत्र ०७८, काठमाडौं । शनिबार राति पर्सामा एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको हो । ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ रामटोलकी ३१ बर्षीया काजल देवी, २५ बर्षीय धुरेन्द्र राउत, ४१ बर्षीया मन्जु देवी, १५ बर्षीय अनिकेत पटेल र १७ बर्षीया अंजली पटेलको विरगंज स्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।