१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पुल्चोकबाट चितुवाको छालासहित एक जना पक्राउ




१३ चैत्र ०७८,ललितपुर ।  ललितपुर पुल्चोकबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । आइतबार दिउँसो पौने ३ बजे ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित महानगर भवन अगाडिबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बा २ ज ४९५१ नम्बरको ट्याक्सीमा प्रहरीले चेक गरेको थियो।त्यसमा बाग्लुङ तमान गाउँपालिका ४ घर भई काठमाडौं सामाखुसी गणेशस्थान डेरा गरी बस्ने २७ वर्षीय नरबहादुर गौतम सवार थिए।

उनले बोकेको सिमेन्टको बोरामा चितुवाको छाला बरामद भएको हो। छाला बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

सात फिट ३ इन्च लामो, ३ फिट ९ इन्च चौडाइ भएको चितुवाको छाला बरामद गरेको हो।

 

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।