१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभरिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने




१५ चैत्र ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको हो ।
मन्त्रालयले अभिभावकलाई नजिकैको खोप केन्द्रमा गई सो खोप लगाउनका लागि आग्रह गरेको छ । उक्त अभियानमा बालबालिकालाई एक मात्रा टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ । उनले यसअभियान पश्चात अबदेखि नियमित खोप कार्यक्रममा टाइफाइड खोप पनि समावेश गर्ने जनाकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।