१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गौरिफण्टामा भेटियो ३६ लाखको बेवारिसे गहना



१५ चैत ०७८, धनगढी । कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् ।
मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए । उनले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताए ।
‘भारतबाट चारेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उनले भने, ’तर प्रहरीको डरले झोला छाडेर मान्छे भागेका हुन सक्छन् ।’ उनले गरगहना ल्याउने मान्छेको खोजी भइरहेको बताए ।
बेवारिसे झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ ।
झोलामा सुनका झुम्का, सिक्री, बालालगायत गहना र चाँदीको गिलास भेटिएको उनले बताए । सिंहका अनुसार झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।