१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दोर्दीका घरघरमा खानेपानीका धारा पुगे



१५ चैत ०७८, काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाका घरघरमा खानेपानीको धारा पुगेको छ । दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्‍याइएको गाउँपालिको जनाएको छ । गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्‍याइएको हो । दुई करोड ६१ लाख लागतमा खानेपानीको सुविधा पुगेको हो ।

गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको छ । २ हजार ८ सय ९३ घरमा खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २,अर्चलबोटको उपल्लो अलैँचेका घरमा पनि मिटर प्रणालीमा पानी पुर्‍याइएको हो ।

१३ लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको छ । यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् । २ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याई मिटर प्रणालीमार्फत वितरण गरिएको छ । संघीय सरकारको लक्ष्य अनुसार नै नागरिकका घरघरमा पिउने पानीका सुविधा पुर्‍याउन गाउँपालिका निरन्तर जुटिरहेको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए ।

 

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।