
१५ चैत ०७८, काठमाडौं । अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल शालिक निर्माण हुने भएको छ ।सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो । करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मेयर कमलप्रसाद भुसालको विश्वास छ ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि शालिक निर्माण थालिएको भुसालले बताए ।काम सम्पन्न भएसँगै मन्दिरको थप गरिमा बढ्नेछ, अर्घा भगवती मन्दिरलाई संसारले चिन्ने उनको भनाई छ । चैते दशैंसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मूर्ति करिब ४२ क्विन्टलको रहेको नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिए ।सन्धिखर्क बजारबाट ७ किलोमिटरको दूरीमा रहेको मन्दिरबाट अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी तथा पाल्लाको केही भागको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।







प्रतिक्रिया