
१५ चैत ०७८, काठमाडौं । गएराति राती सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् ।विष्फोटमा परी इटहरी २ हलगडाको नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् । थापाको डेरा भित्रै गएराती साढे १० बजे बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घाइते मध्ये थापाको आँखामा चोट लागेको छ भने गुरुङको शरिरका विभिन्न अंगहरूमा चोट लागेको प्रहरीले जनाएको छ । थापाको विराटनगरको आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।विष्फोट भएको बम सुतली बम भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ ।







प्रतिक्रिया