१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अर्घाखाँचीको सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा



१५ चैत ०७८, काठमाडौं । अर्घाखाँचीको एक सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । सन्धिखर्क नगरपालिका(१ मा रहेको विस्मिल्ला सिरक डसना उद्योगमा लागेको आगो नियन्त्रणमा आएको हो ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी, स्थानियवासी तथा सन्धिखर्क नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

उद्योगमा कपडा फिट्ने मेसिन तातेर आगो लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए । आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेको थापाले जानकारी दिए । यद्यपि, आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको थापाले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  १२ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।