१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कोरोना घट्यो, मंगलबार ४२ जनामा सङ्क्रमण




१५ चैत्र ०७८, काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार ४७१ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १९८ रहेको छ । पछिल्लो २४ घण्टामा ८६ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६५ हजार २२८ पुगेको छ । निको हुने दर ९८ दशमलव सात प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कोहीको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार शून्य सङ्क्रमित भएका जिल्लामा सङ्खुवासभा, सोलुखुम्बु, बारा, रामेछाप, दोलखा, मनाङ, मुस्ताङ, पूर्वीरुकुम, हुम्ला र बाजुरा छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ । हाल होम आइसोलेशनमा एक हजार १४६, संस्थागत आइसोलेशनमा ५२, आइसियुमा २० र भेन्टिलेटरमा तीन जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ५० हजार १५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ७ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।