
१६ चैत्र ०७८, काठमाडौं । आज बिहान करिब चार बजे कास्कीको पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो ।
ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।ट्रक र ट्रक चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया