४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


युद्ध अन्त्य नभएसम्म रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा हुँदैन –जेलेन्स्की



१६ चैत्र ०७८, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य नभएसम्म रुसमाथि लगाएको प्रतिबन्ध फुकुवाका सम्बन्धमा चर्चा हुन नहुने बताएका छन्।आफ्नो नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा जेलेन्स्कीले मंगलबार राति रुसमाथिको प्रतिबन्ध फुकुवाका सम्बन्धमा कुरा नगर्न अपिल गरेका हुन्।

यसअघि सोमबारको सम्बोधनमा जेलेन्स्कीले रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा देशसँग अपिल गरेका थिए। उनले रुसमाथि हाल लगाइएका केही ‘निष्क्रिय’ प्रतिबन्धको निन्दा गरेका थिए।यसैबीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घेराबन्दीमा रहेको युक्रेनी सहरको रक्षाका लागि खटिएका युक्रेनीहरुले हतियार बिसाउनु पर्ने माग गरेका छन्।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादको क्रममा सो माग गरेका हुन्।दुई नेताबीच युक्रेनको पछिल्लो अवस्थाबारे कुराकानी भएको रुसको विदेश मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गरेर जानकारी दिएको छ।रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ९ : ४८ बजे