४ माघ २०८२, शनिबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने




१६ चैत्र ०७८, काठमाडौं । जुम्लामा साढे ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । २५ चैतदेखि आगामी १८ वैशाखसम्म सञ्चालन हुने खोप अभियानमा १५ महिनादेखि १५ वर्षसम्मका ४२ हजार चार सय २० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको हो । यो अभियान जुम्लासहित देशभर नै सञ्चालन हुँदैछ ।जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सात वटै स्थानीय तहमा खोप लगाउन टोली परिचालन गरिनेछ । खोपका लागिगाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लालबहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताए ।जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख सापकोटाका अनुसार दूषित पानी र खानेकुराबाट टाइफाइड संक्रमणको जोखिम रहन्छ । यो रोगका लक्षण ज्वरो आउने,टाउँको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने लगायत छन् ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।