१० पुस २०८२, बिहिबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बन्दुकधारीको आक्रमणमा परी पाँच जनाको मृत्यु



फाइल तस्बिर

१६ चैत्र ०७८, काठमाडौं । बन्दुकधारीको आक्रमणमा परी इजरायलको अविव सहरको बाहिरी क्षेत्रमा  पाँच जनाको मृत्यु भएको छ । घटना देशको सबैभन्दा अति–रूढिवादी यहूदी क्षेत्रमध्ये एकमा भएको इजरायली मिडियाले जनाएका छन् ।गत मंगलबार र आइतबार इजरायली अरबीहरूले आक्रमण गरेपछि सुरक्षा बललाई उच्च सतर्कतामा राखिएको थियो ।

घटनास्थलको फुटेजमा बन्दुकधारी कालो कपडामा देखिएका छन्। जेरुसेलम पोस्ट वेबसाइटका अनुसार, एक व्यक्ति कारमा र अन्य नजिकैको सडकमा मृत फेला परेका थिए ।घटनापछि इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।