४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ठूलो संख्यामा सैन्य पदका लागि दरखास्त आह्वान



१७ चैत ०७८, काठमाडौं । ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका जंगीअड्डाले लागि दरखास्त आह्वान गरेको छ ।जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो ।खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासीरजनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ ।

त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्तरमृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका ९बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ ।

दोब्बर दस्तुर तिरेर २३ वैशाखसम्म दरखास्त दिन सकिने व्यवस्था कायम गरिएको छ ।सैन्य पदका लागि शारिरीक योग्यता पनि कायम छ । पुरुषको हकमा उचाइ न्यूनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने छाती नफुलाइ ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ । त्यस्तै, तौल कम्तीमा ५० केजी हुनुपर्नेछ ।महिलाको हकमा उचाइ ५ फिट कायम गरिएको छ भने तौल न्यूनतम ४० केजी हुनुपर्ने छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।