१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु



१७ चैत्र ०७८,  पर्सा । पर्साको पोखरिया–लंगडी सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन् ।

पोखरिया नगरपालिका–३ मा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।

घाइते भएका धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतोकाे स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।