
१८ चैत्र ०७८, काठमाडौं । आगामी ३० वैशाखका लागि घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सिन्धुपालचोकमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा सक्रिय राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षण लगायत काममा जुट्न थालिसकेका छन् । चोक र चिया पसलमा निर्वाचनकै चर्चा हुन थालेको छ ।चुनावी माहोलसँगै सम्भावित उम्मेदवारको चर्चा पनि हुन थालेको छ । यही क्रममा यसअघि उप–प्रमुख भइसकेका महिला जनप्रतिनिधिहरूले अब प्रमुखमै दाबेदारी दिने बताएका छन् ।
संविधानमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ व्यवस्था गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुली र बाह्रबिसे नगरपालिकाका उपमेयर शुशीला पाख्रिनले अबको निर्वाचनमा मेयरनै दावी गर्ने घोषणा गरिसकेका छन् । चौतारा साँगाचोकगढीकी उपमेयर पराजुलीले उपमेयरका रूपमा क्षमताले भ्याएसम्म राम्रो काम गरेकाले प्रमुखमा स्वाभाविक दाबेदारी रहने बताइन ।पाँच वर्षको कार्यकालमा उपमेयरको भूमिकामा रहेर धेरै संघर्ष गरेको र धेरै अनुभव बटुलेकी उनको भनाइृ छ ।
संविधान र कानुनले दिएको अधिकार र जिम्मेवारीअनुसार निभाउनु पर्ने भूमिका निभाएको र, दिनरात नगरको सेवामा खटेर काम गरेको बताइन् । त्यसैले आफु मेयर हुन सक्षम भएकाले मेयरमा दाव हुने बताएकी छन् । सिन्धुपाल्चोकमा १२ स्थानीय तहमध्ये कम्तिमा चार वटामा प्रमुख र एक सय तीन वडामा २५३० प्रतिशतमा अध्यक्षको पदमा महिलालाई उम्मेदवार बनाईनु पर्ने उनको भनाइ छ । बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशीला पाख्रीन पनि मेयरमा उम्मेदवारी दिने सोचमा छिन् । पाँच वर्षसम्म उपमेयरका रूपमा रहँदा जनताको अपेक्षा पूरा गर्न सक्दो कोसिस गरेको उनको भनाइ छ । अबको निर्वाचनमा पनि महिलालाई उपमेयरमा मात्रै सीमित गर्नुनहुने उनले बताइन् ।







प्रतिक्रिया