४ माघ २०८२, शनिबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


टिपरले बोलेरोलाई ठक्कर दिँदा एकजनाको मृत्यु, पाँच जना घाइते




१८ चैत्र ०७८, काठमाडौं । बिहीबार साँझ सप्तरीमा टिपरले बोलेरो गाडीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खडक नगरपालिका वडा नं ५ रंजितपुरस्थित पूर्व पश्चिम राजमार्गमा विद्युत कार्यालय बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

दुर्घटनामा परेर बोदेबर्साइन–१० का ३० वर्षीय शैलेश यादव, ३० वर्षीय महेश चौधरी, वडा नं ५ का २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते भएका छन् । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।