
१८ चैत्र ०७८, काठमाडौं । रसुवामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल तथा ५१ वटा मतदान केन्द्र रहने भएको छ । गोसाइँकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र नौवटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र पाँचवटा मतदान केन्द्र, उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । एक निर्वाचन क्षेत्र तथा पाँच गाउँपालिका रहेको रसुवामा ३८ हजार पाँच सय ४५ मतदातामध्ये १८ हजार आठ सय ८५ महिला र १९ हजार ६ सय ८९ जना परुष रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
रसुवा जिल्लामा आसान्न स्थानीय तह निर्वाचनमा भाग लिन १७ दलले निर्वाचन कार्यालय रसुवामा दल दर्ता गराएका छन् । आगामी ३० वैशाखमा हुने गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काङ्गेस, नेपाली काङ्ग्रेस (बिपी), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय पजातन्त्र पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन रहेका छन् । कार्यालयले दिएको जानकारीअनुसार नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), रापपा नेपाल, नेपाल परिवार दल, उन्नत लोकतन्त्र पार्टी, तामसालिङ लोकतान्त्रिक पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सामाजिक एकता पार्टी, नेपालका लागि नेपाली पार्टी, जनसमाजवादी पार्टीले स्थानीय निर्वाचनमा भाग लिने भएका छन् ।







प्रतिक्रिया