१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम खराव बन्दै, वर्षाको संभावना




१९ चैत्र ०७८, काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली साथै मधेस प्रदेशमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।